
लण्डन, १८ कात्तिक । विश्व प्रतिष्ठीत बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ । चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो । सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख गरिएको छ । यो उनको नवौँ पुस्तक हो ।
यसअघि सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उनी मनोनयनमा परेका थिए । तर पुरस्कार जित्न भने सकेनन् । उनलाई एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको छ । निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको ४० वर्षको इतिहास उत्कृष्ट किसिमले लेखेकाेले पुरस्कारका लागि छनौट गरिएको जानकारी दिए ।
“पुस्तकमा उत्कृष्ट शैली छ, उत्कृष्ट विचार छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुरा छन,” उनले भने। एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचाका आधारमा कितावको नामाकरण गरिएको हो । श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धतालाई पुस्तकमा विस्तृतमा उजागर गरिएको छ । प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गोटले अफ्रिकी समाजका फरक फरक पुस्ता र राजनीतिक परिस्थीतिलाई पुस्तक मार्फत झल्काएका हुन ।
पुस्तक लेख्न धेरै समय र धेरै मेहनेत लागेको बताउदै उनले त्यो मेहनेतको फल अहिले पाएको अनुभूती भएको अनुभव सुनाए । उनले १७ बर्षको उमेरमै आफुले पहिलो उपन्यास लेखेको जानकारी दिए । निरन्तरको लेखाइका कारणले पनि आफु खारिँदै गएर अहिले यती ठूलो पुरस्कार पाउने अवसर जुटेको उनको भनाइ छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




