
वासिङ्टन, १९ कात्तिक । अमेरिकी अग्रिम अन्तर्राष्ट्रिय व्यापार घाटा सेप्टेम्बरमा उच्च रेकर्ड भई ८०.९ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी वाणिज्य विभागले बिहीबार जानकारी गराएको छ । यो तथ्याङ्कले ढुवानीभन्दा अगाडि गरिएको भुक्तानीलाई जनाउँछ र यो ११ प्रतिशतको वृद्धि हो । “अमेरिकी तथ्याङ्क विभाग र अमेरिकी आर्थिक विश्लेषण विभागले सेप्टेम्बर महिनामा समान तथा सेवा घाटा ८०.९ अर्ब अमेरिकी डलर भएको घोषणा गरेको छ ।
अगस्तमा यो घाटामा ८.१ अर्ब अमेरिकी डलरबाट बढेर ७२.८ अर्ब अमेरिकी डलर पुगेको थियो ।” विभागको पूर्व प्रक्षेपण अनुसार सेप्टेम्बरमा निर्यात २०७.६ अर्ब अमेरिकी डलर थियो जुन अगस्तमा भन्दा ६.४ अर्ब अमेरिकी डलर कम हो भने सेप्टेम्बर महिनामा आयात २८८.५ अर्ब अमेरिकी डलर पुगेको छ । अगस्तमाभन्दा १.७ अर्ब अमेरिकी डलर बढी सेवा तथा सामान विदेशबाट आयात गरिएको थियो ।
“सामान तथा सेवा घाटामा सेप्टेम्बरको वृद्धिले ८.९ अर्ब अमेरिकी डलर बढेर ९८.२ अर्ब अमेरिकी डलर पुगेको तथ्याङ्कमा छ । सन् २०२० देखि अन्तरराष्ट्रिय व्यापार घाटा १५८.७ अर्ब अमेरिकी डलर वा ३३.१ प्रतिशत बढेको देखिएको छ । अमेरिकी आयात ४३२.८ अरब अमेरिकी डलर वा २१.१ प्रतिशतले बढेपछि निर्यात २७४.१ अर्ब अमेरिकी डलर वा १७.४ प्रतिशत कायम भएको हो ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




