
काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन् ।
साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवत्को प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले उल्लेख गरे।
नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको बताए। राष्ट्रिय विभूति साख्वाःको अतुलनीय योगदानलाई जनस्तरमा प्रचार–प्रसार गर्ने र नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता एवं सांस्कृतिक महत्वका विविध पक्षबारे आम नागरिकलाई जानकारी गराउन जरुरी भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले साख्वाःको योगदान जनतासम्म पुग्ने मात्र होइन् धार्मिक एवं सांस्कृतिक धरोहरको संरक्षण भई हाम्रा सांस्कृतिक परम्पराको महत्व पनि प्रष्ट हुने विश्वास व्यक्त गरे। नेपाल संवत् ११४२ न्हुदँको उपलक्षयमा साख्वाःको मानव सेवाभावप्रतिको भावनालाई उच्च सम्मानका साथ कदर गर्दै उनको अनुकरणीय योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिकमाझ पु¥याएर सकारात्मक सन्देशको प्रवाह गर्नुपर्नेमा देउवाले जोड दिए।
यस कार्यमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, अभियानमा योगदान पु¥याउने व्यक्तित्वसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा उहाँले सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरे।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



