कोरोना रोक्न कास्कीमा उस्तै प्रकृतिको बन्द

-



     सफल आवाज    
     भाद्र १९ गते २०७७ मा प्रकाशित



पोखरा, १९ भदौ । कोरोना संक्रमणको महामारी रोक्न जिल्ला प्रशासन कार्यालयले हाल जारी प्रकृतिको बन्दाबन्दीलाई भदौ २७ सम्म लम्बाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रजिअ ज्ञानप्रसाद ढकालले सूचना जारी गर्दै सो जानकारी दिएका हुन् ।

यसअघि भदौ २ मा भएको निषेधाज्ञा भदौ १२ मा हटाएर विभिन्न सेवा प्रवाह केही खुकुलो बनाइएको थियो ।