दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-



     सफल आवाज    
     कार्तिक २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ कात्तिक । साताको दोश्रो दिन सोमबार आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन। दुई कम्पनी गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । दुबै कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरणको लागि मंगलबार बुक क्लोज गरेका छन् ।

शेयरधनीहरुले सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार गरी कायम भएमा मात्रै लाभांश प्राप्तिका हकदार तथा साधारण सभामा भाग लिन पाउने छन् ।

गुराँस लाइफ इन्स्योरन्स

गुराँस लाइफ इन्स्योरन्सले मंसिरको १० गते आफ्नो ११ औं साधारण सभा आव्हान गरेको छ । साधारण सभा कम्पनीको काठमाडौं तीनकुनेस्थित श्री राज भवनमा रहेको प्रधान कार्यालयमा पूर्वान्ह ११ वजे बोलाईएको छ । सभा अनलाइनमार्फत बोलाईएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७५, २०७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस तथा त्यसको कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिने छ । सभामा संचालकको पनि चयन हुनेछ । कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधनको अख्तियारी संचालक समितिलाई दिइने भएको छ ।

गुराँस लाइफको चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ रहेको छ । १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

एनआईसी एशिया लघुवित्त

उता एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले मंसिर ५ गते चौथो साधारण सभा बोलाएको छ । संस्थाको साधारण सभा सुनसरीको धरान १३ स्थित धरान व्यांकेटमा बोलाईएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५.४१ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । संचालक समितिले प्रस्ताव गरेको ९ करोड ४१ लाख ३ हजार ७०४ रुपैयाँ नगद लाभांस वितरणको प्रस्ताव पारत हुनेछ । सभाले संस्थापक शेरधनीहरुबाट ४ तथा सर्वसाधारणको तर्फबाट २ जनासहित ६ जनाको संचालक समिति चयन गर्नेछ ।