मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफामा २९७.७८ प्रतिशत बृद्धि

-



     सफल आवाज    
     कार्तिक २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ कात्तिक । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा नाफामा बृद्धि गरेको छ । संस्थाको सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार संस्थाले गत वर्षको सोहि अवधिकोभन्दा नाफामा बृद्धि गरेको हाे ।

यस आर्थिक वर्षकाे असोज महिनासम्म मेरोमाइक्रोफाइनान्स लघुवित्तले १२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएकोे छ । यो गएको वर्षको सोहि अवधिकोभन्दा २९७.७८ प्रतिशत बढी हो । गत वर्ष संस्थाले ३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि भएको हो ।

खुद ब्याज आम्दानी १४०.९४ प्रतिशत बढेको छ । संचालन मुनाफा १४०१ प्रतिशत बढेको छ । संस्थाको सो अवधिमा जोखिम व्यवस्थापनका लागि ५ करोड ३९ लाख छुट्याइएको थियो । समिक्षा अवधिमा चुक्ता पूँजी १६.९४ प्रतिशत, जगेडा कोषमा १४७.२५ प्रतिशत, सापटी ९१.२० प्रतिशत, निक्षेप ४७.७५ प्रतिशत र कर्जामा १०२.५२ प्रतिशत बढेको छ ।

संस्थाको नाफामा बृद्धि भएसंगै प्रतिशेयर आम्दानीमा पनि बृद्धि भएको छ । चालु आर्थिक वर्षमा ५१ रुपैयाँ ४२ पैसा पुगेको छ । जवकि अघिल्लो वर्षको साेहि अवधिमा प्रतिशेयर आम्दानी १५ रुपैयाँ १२ पैसा रहेको थियो । लघुवित्तको असोजकाे अन्त्यसम्म मूल्य आम्दानी अनुपात २७.०३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५८ पैसा रहेको छ ।