
काठमाडौं, २० भदौ । नेपालमा शनिबार १ हजार ४१ जना कोरोना संक्रमित थप भएका छन् । गएको २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गएको २४ घण्टामा ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुष गरी कुल १ हजार ४१ जना कोरोना संक्रमित थप भएको जानकारी दिएका हुन् । यो सहित देशभर कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेका छन् ।
यस्तै, काठमाडौं उपत्यकामा ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा काठमाडौं जिल्लाका ३ सय २६, ललितपुरका ३७ र भक्तपुरका ४५ जना छन् ।
प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० पुगेको छ । गएको २४ घण्टामा देशभर १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यस्तै शनिबार १ हजार ५ सय ६६ जना निको भई घर फर्केका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । निको हुने दर ६० प्रतिशतमात्र छ । आइसीयूमा राखेर १ सय ६७ र भेन्टिलेटरमा २४ जना बिरामीको उपचार भइरहेको छ ।
देशभर संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ र होम आइसोलेसनमा ८ हजार ४ जना संक्रमित बसिरहेका छन् । क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना व्यक्ति बसेका छन् ।
थप ९ जनाको मृत्यु
गएको २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ३ महिला र ६ पुरुष छन् । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



