
काठमाडौं, २६ कात्तिक । एक दर्जन आकांक्षी उम्मेदवारहरुले नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि निवेदन दिएका छन् । अर्थ मन्त्रालयले जनाए अनुसार १२ जना उम्मेदवारको उम्मेदवमरी परेपछि अब छनौटको प्रक्रियामा गएको छ ।
बोर्डको अध्यक्षका लागि निवेदन दिएकाहरुमा नीरज गिरी, डा.नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरञ्जिवी चापागाई, कृष्णप्रसाद आचार्य, गोपाल भट्ट, डा.केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, रमेश हमाल, अम्बिका शर्मा लामिछाने तथा हेमन्त बस्याल रहेका छन् ।
रिक्त रहेको पदका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा समिति बनाई निवेदन मागेको थियो । उम्मेदवारी दिने म्याद बिहिबारबाट सकिएको छ ।
बोर्ड अध्यक्षका लागि निवेदन दिएकाहरुमा पूर्व प्रशासकदेखि पूर्व अध्यक्ष भएहरु पनि रहेका छन् । बोर्डको अध्यक्षको नियुक्ती राजनीतिक नियुक्ती भएकोले उम्मेदवारहरुको पार्टी लाईन र राजनीतिक लविङ बलियो भएकाले पाउने पक्का छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



