
काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी तथा संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशन मिति नजिकिएसँगै कांग्रेसको आन्तरिक विवाद छताछुल्ल भएको हो ।
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विद्रोह गर्ने संकेत देखिएको छ । सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले अघि बढेको भन्दै पौडल समूहले विद्रोह गर्ने तयारी गरेको छ ।
शनिबार पौडेल पक्षका नेताहरुको भर्चुअल बैठक बसेको थियो ।
बैठकमा सहभागी नेताहरुले अब कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका छन् । विभाग गठन, क्रियाशील सदस्यता वितरण लगायतका मुद्दा पौडेल समूहले यसअघि पनि उठाएको हो । वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले लिखित रुपमै विरोध पत्र पनि दिएका हुन् । तर सभापति देउवाले विभागहरू गठन रोकेका छैनन् ।
पौडेल समूहको कार्यदलले भने पार्टी सभापतिविरुद्ध आन्दोलनमा उत्रनुपर्ने प्रस्ताव गरेको छ । पौडेल समूहका एक नेताका अनुसार कार्यदलले एक साताको अल्टिमेटम दिएर सभापतिलाई विरोध पत्र बुझाउने र माग सम्बोधन नभए पार्टी कार्यालयमा धर्ना दिने प्रस्ताव गरेको छ ।
को–को थिए बैठकमा सहभागी ?
पौडल समूहको बैठकमा पौडेलसहित प्रभावशाली नेता शेखर कोइराला, शसांक कोइराला डा. महेश आचार्य अर्जुन नरसिंह केसी लगायतका सहभागी थिए । युवा नेता गगन थापा नविन्द्र राज जोशी लगायतका नेताहरु पनि बैठकमा सहभागी थिए । बैठकमा सहभागी सबैले देउवाका पक्षमा कडा रुपमा प्रस्तुत हुनुपर्ने सुझाव दिएका छन् ।
पार्टीमा सभापतिको स्वच्छचारिताले सीमा नाघेको भन्दै नेताहरूले अब चुप बस्न नहुने निश्कर्ष निकालेका हुन । वरिष्ठ नेता पौडेलले यसबारे पूर्व महामन्त्री कृष्ण सिटौलासँग पनि परामर्श गर्ने र कार्यदलको प्रतिवेदनलाई तीन दिनभित्र अन्तिम रुप दिने बताएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



