बारको आन्दोलन कडा हुँदै, प्रधानन्यायाधिश राणाकाे राजीनामा प्रमुख सर्त : श्रेष्ठ

-



     सफल आवाज    
     कार्तिक २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ कात्तिक । नेपाल बार एसोसिएसनले सोमबारदेखि आन्दोलनलाई कडा बनाउने बताएको छ । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीहरुलाई एक भएर आन्दोलनमा सरिक हुन आज आव्हान गरेको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिदासम्म आन्दोलनलाई अगाडी बढाउने बताए ।

उनले सोमबार सबै कानुन व्यवसायीलाई १० बजे अदालतमा आईसक्न अनुरोध गरेका छन् । उनले भने, अब आन्दोलन शसक्त बनाउनुको विकल्प छैन । उपत्यकाको आन्दोलन सर्वोच्च केन्द्रीत भएको र राणाबाट न्याय क्षेत्रमा सुधार हुने संभावना पनि नभएकोले पदबाट हटाउनै पर्ने बताए ।

सर्वोच्चमा धर्नापछि बार एसोसिएसनमा जम्मा भएका कानुन व्यवसायीलाई संवोधन गर्दै उनले न्यायपालिकाको सुधारको लागि राणाको राजीनामा नै प्रमुख सर्त भएको उनको भनाई थियो ।