
काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि जनसङ्गठन जनपरिचालन कमिटीलाई विस्तार गरी २३४ सदस्यीय बनाइएको छ । कमिटीका संयोजक खिमलाल भट्टराईका अनुसार जनसङ्गठनका मुख्य पदाधिकारी र विशेष क्षेत्रका अगुवा नेता–कार्यकर्तालाई समेटेर कमिटी विस्तार गरिएको हो ।
एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले मूल व्यवस्थापन कमिटीअन्तर्गत नेता भट्टराईको संयोजकत्वमा सो कमिटी गठन गरेको थियो । आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखसम्म मानिसको उपस्थिति गराउन यो कमिटीले जनपरिचालन गर्नेछ ।
एमालेले एक हजार ९९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । हालसम्म अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भइसकेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



