१० प्रतिशत लाभांश पारित गर्दै सकियो आरबिबि मर्चेन्ट बैंकिङको साधारण सभा

-



     सफल आवाज    
     कार्तिक ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० कात्तिक । आरबिबि मर्चेन्ट बैकिङको छैंठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष तथा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले आर्थिक वर्ष २०७७, २०७८ को प्रस्तावित १० प्रतिशत नगद लाभांश र अन्य प्रस्तावहरुलाई छलफलपछि पारित गरेको छ ।

आरबिबि मर्चेन्ट बैंकिङ शहर बजारमा सिमित भईरहेको परिवेशमा अब यसको सेवा बिस्तार गरिने भएको छ । प्रमुख अतिथि तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भने, अहिलेसम्म हामी शहर बजारमा केन्द्रीत भएका थियौं । तर अब यसको सेवालाई हामी शहरभन्दा बाहिर लैजान्छौ जहाँ गाउँका जनताले सेवा लिन पाउनेछन् ।

प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले चुक्ता पूँजी २० करोड रहेको बताए । यसकासाथै मर्चेन्ट बैंकिङले इस्यु म्यानेजमेन्ट, आरटिएस, पोर्टफोलियो म्यानेजमेन्ट, अन्डरराइटिङ, सहभागितामूलक डिपोजिटरी सेवा प्रवाह भईरहेको बताए ।