
पोखरा, २१ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ । आइतबार एकैपटक ६७ जना संक्रमित थप भएका छन् ।
पोखराको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा गण्डकीका थप ६७ जनामा संक्रमण देखा परेको हो । तीमध्ये स्याङ्जाका २२, कास्कीका २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १३ जना, तनहुँ ७, बागलुङ ३, लमजुङ २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।
संक्रमितमध्ये पोखराका २ जना महिला (वर्ष २० र २३) पार्कल्याण्ड अस्पताल अमरसिंहचोकमा कार्यरत स्टाफ नर्स हुन् ।
त्यस्तै, लमजुङ वेसीसहरका २ जना रियालन्स फाइनान्सका कर्मचारी (२९ वर्षीय पुरुष, ३१ वर्षीया महिला) हुन् भने अन्य सबै जना कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाएका छन् । शनिबारमात्र ४० जना संक्रमित थपिएका थिए ।
यो सहित प्रदेशमा कुल संक्रमित संख्या २ हजार ५ सय १४ पुगेको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



