प्रेस चौतारी कास्कीको अधिवेशन आज

-



     सफल आवाज    
     मंसिर ३ गते २०७८ मा प्रकाशित



पोखरा, ३ मंसिर । प्रेस चौतारी नेपाल कास्कीको आज पाेखरामा आठौँ अधिवेशन हुँदैछ । अधिवेशनकाे नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए ।

अधिवेशनको तयारीका लागि बिहिबार भएको कार्यसमिति बैठकमा सहभागी हुँदै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले कास्कीले अरु ७६ जिल्लालाई नै सकारात्मक सन्देश दिनेगरी अधिवेशन सम्पन्न गर्न सुझाव दिए । “अहिलेको अवस्थामा कास्कीबाट जाने सन्देश सकारात्मक हुनुपर्छ” उनले भने “त्यसका लागि तपाईँहरु सबै उत्तिकै जिम्मेवाररुपले अघि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।”

संगठन बलियो बनाउन सबैले पहल गर्नुपर्ने समय रहेको बताउँदै जुझारु ढंगले सगठनला ई मजबुत बनाउनेतर्फ लाग्न उनको आग्रह थियो । सो क्रममा प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पुण्य पौडेल, नेकपा एमाले प्रचार विभागका सदस्य रामकृष्ण ज्ञवाली, चौतारीका गण्डकी प्रदेश सह–ईन्चार्ज श्याम कुँवर, गण्डकी प्रदेशका अध्यक्ष शुष्मा पौडेल, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष माधवप्रसाद बराल, सल्लाहकार दीपेन्द्र श्रेष्ठ लगायतको विशेष उपस्थिति थियो ।

बैठकले नयाँ थपिएका ५६ जनाको सदस्यता अनुमोदन समेत गरेको छ । अधिवेशन सफल पार्नका लागि अध्यक्ष गिरीको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरी कार्य अघि बढाईएको थियो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।facebook sharing button