
गण्डकी, ३ मंसिर। गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव पृथ्वीसुव्वा गुरुङले पार्टीको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीको आठौं अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई थप सङ्गठित एवम् सशक्त बनाउन आशन्न महाधिवेशन सफल बन्ने बताए । पेशागत मर्यादालाई प्रत्येक सञ्चारकर्मीले आत्मसात गर्दै मिसन पत्रकारितालाई अघि बढाउनुपर्नेमा उनको जोड थियो । मुलुकमा राजनैतिक अपराधिकरण वढिरहेको बताउँदै सचिव गुरुङले त्यसको सञ्चारकर्र्मीले भण्डाफोर गर्नुपर्नेमा जोड दिए।
नेकपा एमालेको राजनीतिमा गण्डकी प्रदेशको अहम भूमिका रहेको चर्चा गर्दै उनले यस अधिवेशनमा प्रदेशबाट न्यूनतम दुई जना केन्द्रीय पदाधिकारी पाउने विश्वास व्यक्त गरे । पार्टीको गण्डकी प्रदेश संयोजक एवम् निवर्तमान अर्थ मन्त्री किरण गुरुङले पार्टीको दशौँ महाधिवेशन राजनैतिक प्रतिस्पर्धा र मुलुकको समृद्धिका लागि कोशे ढुङ्गा सावित हुने बताउँदै त्यसका लागि सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।
नेकपा एमाले गण्डकी प्रदेश सचिव एवम् पूर्वमन्त्री जगत विश्वकर्माचाले मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् संस्थागत विकासमा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी अनुहार हेरेर नभई नीति, विचारका आधारमा श्रमजीवी पत्रकारको हक हित र अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको बताए।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, संस्थाका सचिव मोतिसागर अधिकारी, राजाराम पौडेललगायतले पत्रकारिता क्षेत्रको विकासमा तीन तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिएका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



