व्यवसायीलाई जाेगाउन निषेधाज्ञाको विकल्प मिलाउ:राष्ट्रिय व्यापार संघ

-



     सफल आवाज    
     भाद्र २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ भदौ । राष्ट्रिय व्यापार संघले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं समक्ष माग गरेको छ ।

संघको एक टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालसंग भेट गरी कोरोनाको संक्रमणको कारण निषेधाज्ञा लम्बिदै गर्दा व्यवसायी निकै मर्कामा परेको जानकारी गरायो । टोलीले यहि अवस्था हुने हो भने व्यवसाय चौपट हुने भन्दै प्रशासन समक्ष निषेधाज्ञाको विकल्पमा के हुन सक्छ, विकल्प खोज्न माग गरेको हो ।

संघका महासचिव बैकुण्ठ दाहालले कोरोनाको कारण उत्पन्न परिस्थिति, निषेधाज्ञा र बन्दाबन्दिले व्यवसायी व्यवसायबाट पलायन हुन लागेकोमा चिन्ता व्यक्त गरे । उनले आफुहरु विकल्पको बाटो के हुन सक्छ भनेर बातावरण बनाउन प्रशासनमा धाएको बताए ।

व्यवसाय गर्न नपाउँदा व्यवसायीले घरभाडा, बैंकको ऋण, व्याज, कर र कर्मचारीलाई तलब दिन नपाउँदा अफ्ठेरो परेको उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्डलाई पालना गर्न राष्ट्रिय व्यापार संघ प्रतिबद्ध रहेकोले यवसाय सञ्चालनका लागि वातावरण मिलाईदिन आग्रह गरेको छ ।