लाभांश अनुमोदन गर्न प्राइम बैंकले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     मंसिर १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ मंसिर । प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्ताव गरिएको लाभांश अनुमोदनका लागि पुस महिनाको ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ ।

बैंकको १४ औं साधारण सभा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा उक्ता दिन पूर्वान्ह ११ वजे आव्हान गरिएको छ । अहिले पनि काेरोना भाईरसको संक्रमणको खतरा जिवितै रहेकोले साधारण सभा अनलाइनमार्फत हुने भएको छ ।

बैंकको हाल कायम रहेको चुक्ता पूँजीको १६.६३ प्रतिशत लाभांश सभाबाट अनुमोदन भएपछि वितरण गरिने भएको छ । १६ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि लाग्ने ०.६३ प्रतिशत नगद लाभांशसहित १६.६३ प्रतिशत नगद लाभांश वितरण गरिने भएको हो ।

सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थाहरुसंग गाभ्ने, गाभिने वा प्राप्तिका लागि कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरुलाई पारित गर्नेछ ।

बैंकका अनुसार साधारण सभाको प्रयोजनार्थ मंसिर २२ गते बुक क्लोज हुने भएको छ । मंसिर २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्तिका लागि योग्य मानिने भएका छन् ।