
भरतपुर, १३ मङ्सिर । नेकपा (एमाले)को सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो ।
यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो ।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए।
बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ । यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरे । उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरे । उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए ।
यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एमाले नेता भीम रावल र घनश्याम भुसाल निर्वाचनको पक्षमा छन् । उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरे । एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।
३०१ केन्द्रीय सदस्यमा को-को छन् ?
खुलातर्फ
पुरुष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,ईश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाई, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, ददिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शुराम मेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजीव पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुवेदी, कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल ,नवराज रावत, दल रावल, किरण पौडेल गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जीव मिश्र ।
महिला : विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, विमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लीला भण्डारी, नविना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेवी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतिक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दिपा शर्मा ।
जनजाति
खुल्ला : अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ति, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजय क्रान्ति शाक्य ।
महिला : उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ ।
मधेशी
खुला : जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव ।
महिला : जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरी र रिता साह ।
थारु
खुला : बैजनाथ, चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी ।
महिला : गंगा चौधरी सत्गौवा, मन्जु चौधरी र सरस्वती चौधरी ।
मुस्लिम
खुला : तैयब हुसेन, महम्मद हारुन हलुवाइ, सिराज अहमद फारुकी र महम्मद समिर ।
महिला : साजिदा सिद्धिकी ।
दलित
खुला : रामदयाल मण्डल, ईश्वरी रिजाल,गमबहादुर बिक, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रित राम ।
महिला : शिवकुमारी गोतामे, राम रती राम, विश्वमाया विश्वकर्मा र सबिता रसाईली ।
पिछडिएको क्षेत्र
खुला : भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ ।
महिला : बद्मीकुमारी बोहोरा ।
श्रमिक
खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।
उपत्यका विशेष
खुला : माधव ढुंगेल
महिला : विना श्रेष्ठ
सम्पर्क समन्वय
नरेन्द्र श्रेष्ठ र कल्पना थापा
प्रदेश १
खुला : तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई
महिला : मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई
प्रदेश २
खुला :प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान
महिला : कल्पना कटुवाल, रेखा झा र ज्वाला साह
बाग्मती
खुला : कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल
महिला : रचना खड्का, पेम्बा लामा र पार्वती रावल
गण्डकी
खुला : मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल
महिला : नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ
लुम्बिनी
खुला : लीला गिरी, खेममान खड्का, नविन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल
महिला : सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल
कर्णाली
खुला : धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल
सुदूरपश्चिम
खुला : राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनि राना, लीलाधर भट्ट र अफिलाल
महिला : कमला वली, कमला बोहोरा र सन्तोष शर्मा रहेका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



