
काठमाडौं, १३ मंसिर । मेगा बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्नका लागि आh सोमबार अन्तिम मौका रहेको छ ।
लाभांश पाउनका लागि दुबै कम्पनीका शेयरधनीहरुले सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार गरी कायम भएको हुनुपर्ने भएको छ । यसबाट उनीहरुले साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।
मेगा बैंक
मेगा बैंक नेपालले मंसिरको २८ गते काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ औं साधारण सभा आव्हान गरेको छ । साभा उक्त दिन पूर्वान्ह ११.१५ मा बोलाईएको छ ।
बैंकको साधारण सभाले १० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनार्थ २.०७ प्रतिशत नगद लाभांशसहित १२.०७ प्रतिशत लाभांश वितरणको प्रस्तावित प्रस्तावलाई पारित गर्नेछ ।
सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थाहरुसंग गाभ्ने, गाभिने वा प्राप्तिका लागि कार्य गर्ने अख्तियारी संचालन समितिलाई दिने भएको छ ।
यस्तै प्रबन्धपत्र, नियमावली संशोधनको प्रस्ताव, आर्थिक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ती लगायतका प्रस्तावहरुमाथि छलफल गरी पारित गरिने भएको छ ।
ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मंसिर २८ गते होटल पोखरा ग्राण्डमा ९ औं वार्षिक साधारण सभा बोलाएको छ । बिहान १० बजे सुरु हुने सभाबाट हाल कायम रहेको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने संचालक समितिले प्रस्ताव गरेको प्रस्तावलाई पारित गर्ने कार्यक्रम रहेको छ ।
यस्तै सभाबाट अन्य लघुवित्तसंग मर्जर गर्ने वा एक्वाएरका लागि सबै कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षकको नियुक्ती, आर्तिक प्रतिवेदन लगायतका प्रस्तावहरु छलफल गरी पारित गरिने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



