
पाेखरा, २२ भदाै । पाेखरा औद्योगिक क्षेत्रकाे पाेखरा फुड्समा कार्यरत कुल ५९ जना मजदुर काेराेना संक्रमित भएका छन। त्यहाँ कार्यरत ८ महिला र १७ पुरूष सहित २५ मजदुरमा साेमबार काेराेना पुष्टि भएको हाे । ३ दिनअघि ३४ मजदुरमा काेराेना देखिइसकेको थियाे ।
सुरूवातमा कमै संक्रमित देखिएकाे गण्डकी प्रदेशमा अहिले काेराेना संक्रमणकाे ग्राफ बढेकाे छ । साेमबार पाेखरामा ३१ सहित प्रदेशमा ६७ जनामा काेराेना पुष्टि भएकाे हाे । आइतबार मात्र ८४ जनामा संक्रमण देखिएकाे थियो।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार साेमबार थप स्वास्थ्यकर्मीमा पनि काेराेना देखिएकाे छ । पाेखराकाे मेडिप्लस अस्पताल , पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी समेत संक्रमित भएका छन। प्रदेशमा कुल २५ सय ९८ जना संक्रमित हुँदा १९ काे मृत्यु भएकाे छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



