
भक्तपुर, १४ मङ्सिर । राष्ट्रिय बाणिज्य बैंकले भक्तपुरकाे कमलविनायकमा शाखा खाेलेकाे छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शाखाको आज उद्घाटन गरेका छन । कार्यक्रममा प्रमुख प्रजापतिले विसं २०२२ माघ १० गते स्थापना भएर नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासका लागि बैंकले उपयोगी कदम चाल्दै जानुपर्ने बताए ।
बैंक तथा वित्तीय संस्था राज्य व्यवस्थाको स्नायु केन्द्रका रुपमा रहेको चर्चा गर्दै उनले लामो समयदेखि सिंहदरबारभित्र भारतीय लगानी रहेको बैंकले मात्रै कारोबार गर्दै आएकाेमा हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार सुरु हुनु सकारात्मक कदम भएको बताए ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नेपालका ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्दै लाने उद्देश्य राखेको जनाउँदै नयाँ शाखाले यहाँका जनतालाई सबै प्रकारका सेवा दिन तल्लिन रहने बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



