महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-



     सफल आवाज    
     मंसिर १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम माौका रहेको छ । संस्थाको संचालक समितिले ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

लघुवित्तको मंसिर २२ गते चौथो वार्षिक साधारण सभा बोलाईएको छ । सभामा ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गरिने भएकोले त्यसको प्रयोजनका लागि मंसिर १६ गतेदेखि बुक क्लोज गरिने भएको छ ।

आजसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने छन् । साथै उनीहरु लाभांंश प्राप्तिका हकदार हुनेछन् ।

महिला लघुवित्तले ४७.५ प्रतिशत बोनस शेयर तथा त्यसमा लाग्ने करसहित २.५ प्रतिशत नगद लाभांश गरी ५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

संस्थाको साधारण सभा काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टमा उक्त दिन बिहान १०.३० देखि सुरु हुने जनाईएको छ । सभाबाट संचालक समितिले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।

यस्तै उपयुक्त लागेको वित्तीय संस्थासंग गाभ्ने, गाभिने वा प्राप्तिका लागि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने, लेखापरिक्षकको नियुक्तीलगायतका प्रस्तावहरुमाथि छलफल गरी पारित गर्ने कार्यक्रन तय गरिएको छ ।

सभामा गएको वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सानको हिसाब, नगद प्रवाह, प्रवन्धपत्र तथा नियमावली संशोधनका विषयहरु प्रस्तावका रुपमा रहेका छन् ।