विद्युतगृह र दुई जनालाई वाढीले बगायो

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित



ताप्लेजुङ, २२ भदौ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाकाे नागदेवा खोलामा आएको बाढीले जलविद्युत आयोजनाको विद्युतगृह र दुइजना मानिसलाई बगाएको छ । गएराति परेको अविरस वर्षासंगै आएको बाढीले तेल्लोकका राजु थेबे र विष्णुराज थेबेलाई बगाएको हो ।

नागदेवा खोला लघुजलविद्युत आयोजनाको विद्युतगृहका कर्मचारी राजु थेबे र उनका साथी विष्णुराजलाई मध्यरातमा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिएका छन् । उनीहरु दुवैको शव विद्युतगृहको तलपट्टी बगरमा फेला पारिएको छ ।

पेदाङका बासिन्दाले बाढीले विद्युतगृह पहिलेकाे स्थानमा नदेखेपछि घटनाको बारेमा थाहा भएको थियो । अध्यक्ष गुरुङले इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीयको सहयोगमा शव निकालेको बताएका छन् । विद्युतगृह वाढीले बगाएपछि सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।