गुल्मीमा हाेटल संचालककाे हत्या

-



     सफल आवाज    
     भाद्र २२ गते २०७७ मा प्रकाशित



गुल्मी, २२ भदाैै । गुल्मीको इस्मामा गएराति एक जनाको हत्या भएको छ।

इस्मा गाउँपालिका वडा २, हस्तिचौर घर भई वडा १, छिनुवामा होटल संचालन गर्दै आएका २३ वर्षीय मोतिबहादुर कुँवरको अज्ञात समूहले हत्या गरेकाे प्रहरीले जनाएको छ ।

सोमबार बिहान उनी रगताम्य अवस्थामा घाइते फेला परेकोमा उपचारार्थ गुल्मी अस्पताल लैजाने क्रममा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

मोति र उनका दाजु यमबहादुरले संयुक्त रुपमा साे होटल संचालन गर्दै आएका थिए ।

कुटपीटबाटै उनकाे हत्या भएकाे ठहर गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनायाे ।