उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर (फोटो/भिडियाे)

-



     सफल आवाज    
     मंसिर १८ गते २०७८ मा प्रकाशित



पोखरा, १८ मंसिर । बंगालको खाडीमा विकसित भएको जवाद नामको सामुद्रिक चक्रवादको कारण मौसमा बदली भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने उच्च पहाडी क्षेत्रमा पानी परिरहेको छ । कतिपय स्थानमा भारि वर्षाकाे स‌भावना रहेकाेा छ ।

जल तथा मौसम विज्ञान विभागले नेपाल ठूलो प्रभाव नपारे पनि केहि दिन प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश तथा उच्च पहाडी भूभाग र हिमाली क्षेत्रमा हिमपातको संभावना रहेको बताएको छ । मौसममा आएको बदलीको कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको संभावना रहेको छ ।

गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्रमा लगातार दुई दिन यो सिजनमा पहिलो हिमपात भएको छ । मुस्ताङ जिल्लाका उच्च भूभागमा हिउँ परेको पेमा गुरुङले जानकारी दिएकी छन् । लोमन्थाङ, ल्होखेगर गाउँपालिका, दामोदरकुण्ड, मुक्तनाथ लगायतका क्षेत्रमा हिउँ परेको छ । बजारबाट अत्यावस्यक सामग्री बोकेर गएका चौरीहरुहरु बाटो पहिल्याउदै गन्तव्यमा गएको देख्न सकिन्छ ।

पहिलो सिजनको हिउँले चरण क्षेत्रमा रहेका हजारौं भेडा च्याङ्ग्रा र चौरीगाईलाई तत्काल असर नपरे पनि धेरै हिमपात हुन लागे उनिहरुलाई सुरक्षित स्थानसम्म लैजाने सोंचमा स्थानिय रहेका छन् । चरण क्षेत्रमा उपयुक्त ओतको व्यवस्था नभएकोले भारि हिमपात भएको खण्डमा चौपाया जोगाउन गाह्रो हुने उनीहरुले बताएका छन् ।

यो सिजनको पहिलो हिउँमा रमाउन चीनसंग जोडिएको कोरला नाकामा गएका यात्रुहरु र स्थानिय जाडो खेप्न वाध्य भएका छन् । खेतीवालिको लागि वर्षा र हिउँ राम्रो मानिए पनि जीवन कष्टकर बनेको गुरुङले बताईन ।

फोटो/भिडियो : पेमा गुरुङबाट