एक सातामा ७ अर्बले बढ्यो बैंकहरुको निक्षेप

-



     सफल आवाज    
     मंसिर २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० मंसिर, । एक सातामा सात अर्ब रुपैयाँले बैंकहरुको निक्षेप बढेको छ । केही समययता निरन्तर ओरालो लागिरहेको बैंकहरुको निक्षेप गत साता भने उकालो लागेको छ ।

नेपाल बैंकर्स संघका अनुसार अघिल्लो साता करिब सात अर्ब रुपैयाँले घटेको निक्षेप पछिल्लो साता उकालो लागेको हो । मंसिर ३ मा २७ वाणिज्य बैंकहरुको निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ थियो भने १० मंसिरमा ७ अर्बले निक्षेप घटेर ४२ खर्ब १९ अर्बमा झरेको थियो ।

पछिल्लो साता फेरि निक्षेप उकालो लागेर १७ मंसिरमा आइपुग्दा ७ अर्बले निक्षेप बढेर पुनः ४२ खर्ब २६ अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ ।