कांग्रेस महाधिवेशनमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । नेपाली कां‌ग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको कांग्रेस महाधिवेशनकाे सुरक्षाका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने बताइएकाे छ ।

त्यस्तै काठमाडौं परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो संख्यामा सुरक्षाकर्मी थप गरिएको छ । सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ ।