
तस्बिर : अशेष शाक्य
काठमाडौं, २३ मंसिर । कोरी ट्रेक अन्नपूर्ण क्षेत्रमा नयाँ खोलिएको पदयात्रा गन्तव्य हो । समुद्र सतहबाट तीन हजार आठ सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यटक लोभ्याइरहनेमध्ये एउटा गन्तव्य हो ।
पर्यटकीय सहर भनेर चिनिएको पोखराबाट आँखै अगाडि देखिने यो क्षेत्रलाई पर्यटकले ‘धर्तिको स्वर्ग’ रुपमा वर्णन गर्छन् । पोखरा आसपासका डाँडाहरु घोरेपानी पुनहिल, मर्दी हिमाल, अन्नपूर्ण बेसक्याम्प लगायतका क्षेत्रहरुमा वर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने भएपछि यस क्षेत्रको नामै ‘धर्तिको स्वर्ग’ राखेका हुन् ।
पदमार्गका लागि कोरी ट्रेकमा जाने पर्यटकहरुलाई गत दुई वर्ष यता भने कोरोना महामारीका कारण निकै सकस परेको छ । कोरी ट्रेक घुम्न निस्किनेहरु पनि यात्रा छोट्याउँदै फर्किनुपर्ने बाध्यतामा छन् । दुई पटक लामो समयसम्म भएको लकडाउनपछि पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै गए पनि विदेशी पर्यटकका लागि भने खासै खुकुलो भएको छैन ।
पर्यटन व्यवसायीहरुका अनुसार आन्तरिक पर्यटन चलायमान भए पनि विदेशमा फैलँदै गएको कोरोनाको नयाँ भेरिएन्टका कारण विदेशी पर्यटकहरु भित्रन सकेका छैनन् । विभिन्न मुलुकमा पछिल्लो समय ओमिक्रोन भेरिएन्ट देखिएपछि भने सरकारले नै नाकाहरुमा कडाई गरिरहेको छ ।

व्यवसायीका अनुसार पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ७० प्रतिशत पदयात्राका लागि आउने गरेको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय सबैभन्दा धेरै अन्नपूर्ण सर्किटको पदयात्राका लागि पर्यटकहरु आउने गरेको ट्रेकिङ एजेन्सिज् एशोसिएसन नेपाल (टान) ले जनाएको छ । टानका अनुसार बाह्य पर्यटकहरुका लागि अन्नपूर्ण बेसक्याम्प, मनास्लु, धवलागिरि बेसक्याम्पसहरु पर्यटकका रोज्जा हुन् । पुनहिल, मर्दी हिमाल पहिलेदेखि नै चलिरहेको छ भने सिक्लेस कोरी थप आकर्षणको केन्द्र बनिरहेको छ । सडकमार्ग भएर यात्रा गर्न भने पर्यटकको रोजाईमा मुस्ताङ पर्ने गर्छ ।
कोरीडाँडाबाट (६,९८८ मिटर) उचाइको लमजुङ हिमाल, (७,९३७ मिटर) उचाइको अन्नपूर्ण दोस्रो, (६,९९३ मिटर) उचाइको माछापुच्छ्रे« हिमाल र (८,१५६ मिटर) उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



