२३ औं ‘सडक महोत्सव’ पुस १५ देखि १७ सम्म पोखरामा

-



     सफल आवाज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित



पोखरा, २५ मंसिर । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । आगामी पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा पोखरा लेकसाइडमा २३ औँ सडक महोत्सव हुने भएको हो ।

पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा सडक महोत्सवको आयोजना गरिएको (रेवान)ले शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई यसपटक पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताएका छन् ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषासमेत प्रर्दशन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ ।

पोखरा सडक महोत्सव सम्पन्न गर्न सस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्वमा, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएका छन् ।

सडक महोत्सवपछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा ब्यवसायीको छ । प्रत्येक बर्ष आयोजना हुने महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउदै आएको आयोजकको दावी छ । महोत्सवमा स्वास्थ्य मापदण्डलाई विशेष ध्यानमा राखिने आयोजकले जनाएको छ ।