
भक्तपुर, २७ मङ्सिर । नेकपा (एमाले) को भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ३०१ सदस्यको कार्यविभाजनसहित तोकिएका १५ वटा कार्यसूचीमा निर्णयहरू गरेको छ ।
यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठकबाट विधानबमोजिम ४५ जना केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरोको गठनलगायतका निर्णय भएका हुन् ।
बैठकपछि एमालेका महासचिव शङ्कर पोखरेलले केन्द्रीय विभागमा जिम्मेवारी, प्रदेशका इञ्चार्ज, पदाधिकारी तोकिनुका साथै जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज पनि निर्धारण गरिएको बताउँदै पार्टीमा अब वडा तहसम्म प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका अभियान सञ्चालन गरिने जानकारी दिए ।
बैठकले आउँदो पुस २३ गते सबै जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने र आउँदो फागुनभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्न निर्णय पनि गरेको छ । एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले तोकिएका सबै कार्यसूचीमा छलफल भएर सफलतापूर्वक बैठक सकिएकाले अब सिङ्गो पार्टीको ध्यान देशव्यापी परिचालन गरी आगामी निर्वाचनमा बहुमत ल्याउनेतर्फ केन्द्रित हुने बताए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



