
काठमाडौं, २७ मंसिर । एनएमबि बैंकले लाभांश वितरणको प्रस्तावलाई पारित गर्न साधारण सभा आव्हान गरेको छ । बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको साधारण सभा पुस २२ गते काठमाडौं टुँडीखेलस्थि त्रिभुवन आर्मि क्लवमा बिहान साढे १० बजे डाकिएको छ ।
सभाबाट बैंकको हाल कायम रहेको चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांशसहित १५.८० प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।
यस्तै सभाले बैंकको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधनका लागि कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिनेछ । यसका साथै लेखापरिक्षकको नियुक्तीलागयतका अन्य प्रतिवेदनमाथि छलफल गरी पारित गरिने भएको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि पुसको ७ गते बुक क्लोज गर्ने जनाएको छ । पुसको ६ गतेसम्ममा नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



