कांग्रेस महाधिवेशन : राति ९ बजेसम्म मतदान हुने

-



     सफल आवाज    
     मंसिर २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि निर्वाचन समितिले बिहान ८ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर, दिउँसो साढे ११ बजेमात्र मतदान सुरु भएको थियो । अपराह्न ५ बजेसम्म एक हजार ९९३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्रमा मतदान भइरहेको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।