सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ । संस्थाले ३१.५७ लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्नका लागि पुस १० गते ७ औं साधारण सभा आव्हान गरेको छ ।

लघुवित्तको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि पुस १ गते बिहिबार बुकक्लोज गरेको जनाईएको छ । यसअनुसार बुधबार आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन् । साथै उनीहरु लाभांशका हकदार हुनेछन् ।

सपोर्ट लघुवित्तको साधारण सभा सुनसरीको इटहरीस्थित बगान फेमली रेष्टूरेन्ट एण्ड लाउन्ज बारमा उक्त दिन बिहान ८ वजे बोलाईएको छ । सभामा लघुवित्तको हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर तथा त्यसको कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश सहित ३१‍.५७ वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।