शेखर कोइराला भन्छन्–अब नयाँ ढंगले राजनीतिक यात्रा सुरु गर्छु

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिमा भएको हारलाई स्वीकार गर्दै मतमा पराजित भए पनि विचारको जित भएको बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा कोइरालाले सभापतिमा उम्मेदवारी दिएका थिए । पहिलो चरणको प्रतिस्पर्धामा दोस्रो स्थानमा आएका उनी दोस्रो चरणमा शेरबहादुर देउवासँग पराजित भए ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सभापतिमा विजयी देउवालाई बधाइ दिनुका साथै चार वर्षे कार्यकालको सफलताको कामना गरे । पार्टीमा भागवण्डा र गुटबन्दीको राजनीति नगर्ने भन्दै उनले भने, ‘जसरी साढे ५ वर्ष पार्टी बेथितीको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुन्छौं ।’

उनले अघि भने, ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागि लागिसकेको छु । निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछु । मेरो टीमका साथीहरु पनि पक्कै तपाईंहरुको घरदैलामा पुग्छौं र आगामी अधिवेशनमा सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’