हिमालय आँखा अस्पतालका लेखा अधिकृत बलात्कार आरोपमा पक्राउ

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



पोखरा, २३ भदौ । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत बामदेव सुवेदी युवती बलात्कार आरोपमा पक्राउ परेका छन् ।

पोखरा ७, मासबारका ३७ वर्षीय बामदेव सुवेदीलाई कास्की प्रहरीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । ।

अस्पतालमै कार्यरत ३१ वर्षीया र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई जबर्जस्ती करणी गरेको भन्दै उनीविरुद्ध उजुरी दिएपछि सुवेदी अनुसन्धानका लागि पक्राउ परेका हुन् ।