गरिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

-



     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ पुस । गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिनका लागि आज अन्तिम मौका रहेको छ । बैंकले मंसिर १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र आवेदनका लागि खुल्ला गरेको थियो । बैंकका अनुसार अन्तिम दिन ऋणपत्रमा आवेदन दिने समय बैकिङ समयसम्म कायम रहेको छ ।

बैंकले १ हजार मूल्य अंकित दरले कुल १० लाख इकाईको “गरिमा डिबेन्चर, २०८४, ८५” नामको ऋणपत्र निस्काशन गरेको हो । कुल इकाईबाट ६ लाख इकाई व्यक्तिगत किसिमले बिक्री गरिने बैंकले जनाएको छ ।

बाँकी रहेको ४ लाख इकाईबाट ५ प्रतिशत अर्थात २० हजार इकाई सामूहिक लगानी कोषका लागि रहेको छ । त्यसबाट बाँकी रहेको ३ लाख ८० हजार इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ऋणपत्रको अवधि ७ वर्षको लागि रहेको छ ।

ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताहरुले वार्षिक रुपमा ८.७५ प्रतिशत ब्याज पाउने भएका छन् । लगानीकर्ताले घटिमा २५ तथा बढीमा १ लाख इकाईसम्मका लागि आवेदन दिन पाउने छन् । धितोपत्र बिक्री तथा प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।