रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा

-



     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ पुस । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मत परिणाम आए लगतै राजीनामा दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले अन्तिम मत परिणाम हुनासाथ प्रधानमन्त्रीलाई राजीनामा पत्र पेश गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भीक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु ।’

नेपाली कांग्रेसको महामन्त्री पदको जारी मत गणनाअनुसार उनी पाँचौं नम्बरमा छन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशसरण महत, प्रदीप पौडेलभन्दा पछाडि छन् । डा. रिजालको भन्दा कम मत डा. राजाराम कार्कीको मात्रै छ । उनले लेखेका छन्, ‘अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’