नेप्सेमा दोहोरो अंकको गिरावट,कहिले रोकिएला ओरालो यात्रा ?

-



     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ पुस । विभिन्न समयका घटनाक्राहरुबाट गुज्रिदै लखतरान परिरहेको सेयर बजारको पुस महिनाको पहिलो दिन सुखद् भएन । पुस महिनाको पहिलो दिन बिहिबार साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार राताम्मै भएकाे छ । काराेबार रकममा पनि निकै कम भएकाे छ ।

लगातार ओरालो लागेको बजारको यात्राले लगानीकर्ताहरुलाई कहाँ पुर्याउने भन्ने एकिन गर्न गाह्रो भएको छ । उनीहरुले कहिले हरियाली वातावरण छाउला भनेर पर्खिनु बाहेककाे विकल्प पनि छैन । एकजना नयाँ प्रवेशीका अनुसार हामी जस्ता नयाँ र ससानाे लगानीबाट सेयर बजारमा रम्नेभन्दा हराउने डर हुने रहेछ । उनले भने, खै कहिले राेकिने हाे ओरालो लागेकाे सेयर बजारकाे यात्रा ?

फेरि केहिदिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सेयर बजारप्रति पोखेको शव्दवाणले आहत तुल्याएको लगानीकर्ताले महशुस् गरिरहेका छन् । उनीहरुले समयस्या कार्यदल बनाएर अर्थमन्त्री जनार्दन शर्मासंग भेटवार्ता गरेपनि आश्वस्त हुन सकेका छैनन् भने बजारमा सुधार हुनुको सातो झन् झन् आरोलोतिरै लागिरहेको छ । उसो त केहि समय अगाडीदेखि नेप्से नेतृत्वबिहिन हुँदा केहि नपुगेको आभाष पनि भईरहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्सेमा ३७.८७ अंकले गिरावट भई २३७६.७४ विन्दुमा झरेको छ । नेप्से १.५७ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा पुगेको छ ।

कुल २२४ कम्पनीको सेयर कारोबार भएको छ । ५३ लाख ७९ हजार ८६० कित्ता सेयरको कारोबारबाट २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक सबै राताम्मै भएका छन् । सबैको सेयर घटेको छ ।

कारोबाराको आधारमा सबैभन्दा बढी प्रभु बैंकको कारोबार भएको छ । बैंकको ९ करोड ४३ लाख १९ हजार ४६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।