
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये सबैभन्दा बढी मत ल्याएर थापा र शर्मा विजयी भएका हुन् । यद्यपी निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।
विजयी भएको गगन थापा शेखर कोइराला प्यानलबाट चुनाव लडेका हुन् भने प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्माले चुनाब लडेका थिए । सबैभन्दा बढी गगन थापाले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत थापाले पाएका हुन् । उनले खसेको मतको झण्डै दुई तिहाइ मत पाएका छन् भने विश्वप्रकाशले ४२ प्रतिशत मत पाएका छन् । कूल खसेको ४६८२ मतमध्ये तेस्रो स्थानमा डा. प्रकाशशरण महतले १५५६ मत पाएका छन् । त्यस्तै प्रदीप पौडेलले १३९३ मत, डा. मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीको १०६ मत ल्याएका छन् ।
गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । शेखरकै प्यानलबाट उम्मेदवार बनेका डा. मीनेन्द्र रिजाल भने पाँचौं नम्बरमा आएका छन् । सभापति जितेका शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल तेस्रो र चौथो भएका छन् । विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा चुनाव लडेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



