
काठमाडाैं, ३ पुस । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक सङ्घ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सङ्घको सम्पन्न २१ औँ वार्षिक साधारणसभाबाट थापासहित पादाधिकारी तथा सदस्य सर्वसम्मतिका साथ नेतृत्व चयन गरिएको हो ।
सिम्रिक एयरका कार्यकारी अध्यक्ष रहेका क्याप्टेन थापाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमाल चयन भएका छन् । द्वितीय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई र तृतीय उपाध्यक्षमा अल्टिच्यूड एयरका निमानुरु शेर्पा चुनिएका छन् ।
सङघको महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भए ।यस्तै सदस्यमा फुरु ग्याल्जे शेर्पा (हेली एभरेष्ट), सुवास अमात्य (प्रभु हेलिकप्टर), अनिल मानन्धर (श्री एयरलाइन्स), प्रज्वल थापा (गुण एयरलाइन्स), श्रीहरि कुँइकेल (कैलाश हेलिकप्टर सर्भिसेस) र बालकृष्ण पण्डित (एयर डाइनेष्टि हेलि सर्भिसेस) चयन भएको सङ्घले जानकारी दिएकाे छ ।
नवनिर्वाचित अध्यक्ष थापाले मुलुकको हवाई सुरक्षालाई थप चुस्त र प्रभावकारी बनाएर नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाए। उनले प्राधिकरणसँग सहकार्य गरेर वायुसेवाको सुरक्षा सुदृढीकरण गरिने बताए। अध्यक्ष थापाले विमानस्थलहरुमा चराचुरुङ्गी तथा जनावरको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको बताए। सो अवसरमा सङ्घले हवाई क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीसहित विभिन्न व्यक्तित्वलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



