
पोखरा, ३ पुस । प्रथम थकाली युवा युवा राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (इपीएस) कार्यक्रम पुस को ७ गतेदेखि ११ गतेसम्म पोखरामा आयोजना हुने भएको छ ।
थकाली युवा परिवार, नेपालले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर १९ क्षेत्रका युवाहरुलाई पोखरामा बोलाएर राष्ट्रिय भेला, नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण् आयोजन गर्न लागेको जानकारी दिएको हो ।
परिवारका अध्यक्ष योगेन्द्र शेरचनले थकाली आदीवासीहरुको आफ्नै सामाजिक मान्यता रहेको बताउँदै आफ्नो भाषा, रीतिथिति, संस्कृतिको उचित संरक्षण्, संवर्धन र समृद्धिकरणका लागि रहँदै आएको बताए ।
अहिलेको अवस्थामा युवाहरु विदेश पलायन भईरहेको र थकाली युवाहरु पनि वाध्यताले विदेशीन परिरहेको अवस्थामा उनीहरुलाई आफ्नो भेषभुषा, भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्नको लागि उत्प्रेरित गर्ने कार्यक्रमको उदेश्य रहेको शेरचनले बताए ।
हाामीले युवालाई आफ्नो पहिचानको बारेमा थाहा दिनुपर्छ, उनले भने आधुनिक समय छ तर हामीले हाम्रो चालचलन र रीतिथितिलाई भूल्न हुँदैन भनेर “धर्म, संस्कृति हाम्रो परम्परा, संरक्षण्, संवर्धन् युवाहरुको अविभारा” नाराकासाथ राष्ट्रिय भेला र प्रशिक्षण् गर्न लागेका हौं ।
पुसको ७ गतेबाट ११ गतेसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्रको प्रभुख अतिथि लुम्बिी प्रदेशका प्रमुख अमिक शेरचन रहने भएका छन् ।
कार्यक्रमको प्रशिक्षकमा अष्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेश दाहाल रहने छन् । सोहि अवसरमा “थकाली युवा, अवसर, चूनौती र संभावना” विषयक छलफल पनि गरिने अध्यक्ष शेरचनले बताए ।
कार्यक्रमलाई सफल बनाउन प्रभु बैंकले मुख्य सहयोग गरेको छ । यस्तै मीन बहादुर शेरचन स्टोर सहायक सहयोगी रहेको छ । अन्य सहयोगिहरुमा जयन्द्र गौचन, हरिध्वज तुलाचन पोखरा, अर्जुनसिंह तुलाचन काठमाडौं, विश्व शेरचन काठमाडौं, शरद भट्टचन पोखरा, ओमविकास तथा देउ कुमारी गौचन स्मृति प्रतिष्ठान मुस्ताङ रहेका छन् ।
कार्यक्रम सम्पन्न गर्न अनुमानित खर्च १३ लाख लाग्ने भएको छ । प्रशिक्षण अवधिभर देशका १९ क्षेत्रबाट आउने थकाली युवाहरुको लागि सबै व्यवस्थापनमा सो रकम खर्च हुने बताईएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष शंजिवमान तुलाचन, सल्लाहकार हरिध्वज तुलाचन सचिव विकल शेरचनलगायतले बोलेका थिए ।
भिडियाे हेर्न तलकाे फोटोमा क्लीक गर्नुहोला ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



