
तनहुँ, ४ मंसिर । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । तनहुँको बन्दीपुरस्थित बन्दिपुर माउण्टेन रिसोर्टमा सञ्चालन गरेको साधारणसभा अध्यक्ष सिर्जना जोशीको सभाध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको सञ्चालन प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशवकुमार पौडेलले गरेका थिए ।
उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ०७४ वैशाख २५ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७४ असार २५ मा वित्तीय कारोबारमा सञ्चालन गर्न अनुमति प्राप्त गरी विधिवत रुपमा २०७४ असार ३० गतेदेखि तनहुँ जिल्लाको बन्दीपुर–१ डुम्रेबजारमा शुभारम्भ गरको थियो । यस वित्तीय संस्थाले आफ्नो सेवाको सफलतापूर्वक ५ वर्ष पार गरेको छ ।
यस वार्षिक साधारण सभाले आर्थिक वर्षै ०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वित्तीय संस्थाको मिति २०७८ आषाढ मसान्तको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार २५० को १.६३ प्रतिशतले हुन आउने ३३ लाख ६६ हजार ९८६ रुपैयाँ नगद लाभांश (बोनश सेयरमा लाग्ने कर वापतको रकम) पारित गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

यसै गरी लेखा परीक्षण समितिबाट सिफारिस भएबमोजिम श्रेष्ठ एण्ड न्यौपाने एसोसियट, चार्टर्ड एकाउण्टेण्टसलाई आ.व. ०७८/७९ को लागि लेखा परीक्षक नियुक्त गरेको छ । त्यसैगरी विशेष प्रस्तावतर्फ वित्तीय संस्थाको मिति २०७८ आषाढ मसान्तको चुक्ता पुँजी २० करोड ६० लाख २७ हजार २५० को ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० बराबरको बोनस सेयर वितरण गर्ने कम्पनीले घोषणा गरेको हो ।
यस वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने, यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य घ वर्गका कुनै एक वा एकभन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने वा शाखा गरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याकंन प्रतिवेदन तयार गर्न परामर्शदाता, मूल्याकंनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रचलित कानून तथा निर्देशनहरु अनुरुप गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने समितिले निर्णय गरेको थियो ।

सञ्चालक समिति वा समितिले तोकेको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानुनको अधिनमा रही सोअनुरुप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन/परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रयायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो । त्यसै संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सञ्चालकमा सिर्जना जोशी, नारायणप्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मा निर्विरोध निर्वाचित भएका थिए ।
यसका साथै, वित्तीय संस्थाले गत २०७८ पौष मसान्तसम्ममा सातै प्रदेशका ४३ जिल्लाहरुका ९० शाखा कार्यालयहरु मार्फत ६७ हजार ५७८ विपन्न तथा न्यून आय भएका घरपरिवारहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ । लगानीमा रही रहेको कर्जा रकमतर्फ करिब ४ अर्ब ३६ करोड ८० लाख ७० हजार रहेको छ भने बचत तथा निक्षेपतर्फ एक अर्ब ९ करोड २२ लाख ७८ हजार पुर्याउन सफल भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



