
काठमाडौ, ४ पुस । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शुक्रबार एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) तीन जना कामु एसएसपीको सरुवा र ११ जना कामु एसएसएपीको पदस्थापन गरेको छ । सशस्त्र मुख्यालयले हालै कामु एसएसपी बनेका ११ जनाको पदस्थापन गरेको हो । जसअनुसार नम्बर १ बाहिनीमा विश्व भट्टराई, २ मा विष्णुप्रसाद भट्ट, ३ मा माधव पौडेल, ५ मा दिग्विजय सुवेदी र ६ मा नीरकृष्ण अधिकारीलाई पदस्थापन गरेको छ ।
यसैगरी, भुपेन्द्र केसीलाई कार्यविभाग, कमल तिउसिनालाई सशस्त्र प्रहरी महनिरीक्षकको सचिवालय, सुधिरजंग थापालाई राष्ट्रिय सुरक्षा परिषद, किरण बस्नेतलाई मानवस्रोत विभाग, दीपेन्द्र कुँवरलाई इन्टेलिजेन्स ब्युरो र प्रविण कँडेललाई नम्बर ९ बाहिनीमा पदस्थापन गरिएको छ ।
कँडेल बाहेक १० जना सिसं २ का अधिकृत हुन् । यसैगरी सशस्त्र मुख्यालयले एसएसपी विदूर खड्कालाई आर्थिक प्रशासन महाशाखा, दीपक अधिकारीलाई स्टाफ कलेज, विनोदराज श्रेष्ठ र प्रकाश थापालाई मानवस्रोत विभागमा सरुवा गरेको बताइएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



