
काठमाडौं, ५ पुस । चिलीको राष्ट्रपति पदमा बामपन्थी उम्मेद्वार गेब्रिएल बोरिक निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि उनले राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् ।
विश्वकै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका हुन् । राष्ट्रपतिका उम्मेदवार कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।
गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएका थिए । सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो ।
निर्वाचिभ भएपछि बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घण्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवर्द्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




