
काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञाको विकल्प खोज्न माग भईरहेको बेला उपत्यका तीनवटै जिल्लामा लगाईराखेको निषेधाज्ञालाई आजबाट केही खुकुलो बनाईएको छ ।
लकडाउनको स्वरुपलाई परिवर्तन गरेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई खुकुलो बनाउने प्रस्ताव अनुमोदनका लागि गृहमन्त्रालयमा पठाएका थिए ।
गृहमन्त्रालयबाट अनुमति आएपछि आज साँझ उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञा खुकुलो बनाईएको सूचना जारी गरिएको हो ।
सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन चलाउने, खाद्यान्नका पसललाई समय तोकेर सञ्चालन गर्न दिने, निजी कार्यालय, उद्योग र कलकारखानामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर सञ्चालन गर्ने भनिएको छ । होटल रेष्टरेन्ट, सिनेमा घर, क्लब तथा मनोरञ्जनका स्थल खोल्न पाईने छैन ।
यसअघि, उद्योगी व्यवसायीले लकडाउन, निषेधाज्ञा कोरोना नियन्त्रणको लागि समाधानको उपाए नभएको भन्दै विकल्प खोज्न माग गर्दै आएका थिए । साथै उनिहरुले निषेधाज्ञा खुकुलो नबनाए अवज्ञा गर्ने र व्यवसाय सञ्चालन गर्ने चेतावनी दिएका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



