
काठमाडौं, ६ पुस । दुई वाणिजय बैंक र दुई लघुवित्तको लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम मौका रहेको छ । एनएमबि बैंक र नेपाल एसबिआई बैंकका सेयरधनीहरुले आजसम्म लाभांश सुरक्षित गर्न सक्ने भएका हुन । यस्तै गणपति लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
चारैवटा कम्पनीको पुस ७ गते साधारण सभाको प्रयोजनको लागि बुक कलोज गरिने भएको छ । सेयरधनीहरुले आज मंगलबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार गरी कायम भएको खण्डमा मात्रै लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।
एनएमबि बैंक
एनएमबि बैंकले कुल १५.८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । यसमा १२.५ प्रतिशत बोनस सेयर तथा ३.३ प्रतिशत नगद लाभांश रहेको छ । संचालक समितिले प्रस्ताव गरेको लाभांश पुस २२ गतेको २६औं साधारणबाट पारित गरिने भएको छ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई ३.५ प्रतिशत बोनस तथा १.८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस २० गते बोलाईएको २८ औं साधारण सभाबाट पारित गरि भएपछि वितरण हुने भएको छ ।
गणपति लघुवित्त
गणपति लघुवित्तले १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस लघुवित्तको पुस १७ गते डाकिएको पाँचौं साधारण सभाले प्रस्तावित लाभांशको प्रस्तावलाई पारित गर्नेछ ।
छिमेक लघुवित्त
छिमेक लघुवित्तले २७ प्रतिशत लाभांश तथा ३ प्रतिशत नगद लाभांशसहित ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । लघुवित्तको पुस २३ गते हुने २० औं साधारण सभाले उक्त लाभांशकाे प्रस्ताव पारित गरेपछि वितरण गरिने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



