होन्डुरसमा पहिलो महिला राष्ट्रपति

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



तेगुसिगला, ६ पुस । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित भएकी छन् । यहाँको निर्वाचन आयोगले सियोमरा क्यास्ट्रो नयाँ राष्ट्रिपति निर्वाचित भएको जनाएको हो ।

होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो ।

तर ढिला गरी सोमबार मात्र उनलाई घोषणा गरिएको छ । सो घोषणामा उनको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उनले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१.१२ मत प्राप्त गरेकी। उनी होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुन् । उनी होन्डेरसको पहिलो महिला राष्ट्रपति हुन् ।