
काठमाडौं, ९ पाैष । नेपालमा पहिलाेपटक स्थापना भएकाे नेप्लिज मार्केटिङ एसोसिएसनको अध्यक्षमा महेश स्वाँर निर्बिराेध चयन भएका छन ।
काठमाडौंको होटल सोल्टीमा बिहिबार आयोजित एनएमएको औपचारिक सुभारम्भ कार्यक्रममा एसोसिएसनको अध्यक्षमा स्वाँर चयन भएका हुन । उनी हाल कान्तिपुर मिडिया ग्रुपका एजीएमका रूपमा कार्यरत छन ।
नवगठित एसोसिएसनको महासचिवमा सहप्राध्यापक डा. गोपाल थापा, सचिवमा सहप्राध्यापक सुशील अवाले र कोषाध्यक्षमा गोल्छा ग्रुपका एजीएम (मार्केटिङ) पुनम सिंहलाई चयन गरिएकाे बताइएकाे छ । अन्य बोर्ड सदस्यमा डाबर नेपालका अभय गोर्खाली, स्मार्ट पानीका सुमन शाक्य, सृजना जोशी महर्जन, सत्यन्द्र उप्रेती र सुरेन्द्र थापा छन् ।
गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरिएको एनएमएमा हाल मार्केटिङ व्यवसायी र प्राज्ञिक सदस्यहरुसमित ६५ जना संस्थापक सदस्य रहेका छन्।

कार्यक्रममा एनएमएले डा. तुलसी धरेललाई एनएमए गठनमा महत्त्वपूर्ण भूमिका खेलेकाे भन्दै सम्मानित सदस्यका रुपमा अभिनन्दन गरेकाे थियाे ।
शिक्षाविद् डा. बगला बस्नेत, मायोज नुडल्सका पूर्वजीएम रवीन्द्रमान श्रेष्ठ र सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसीलाई मार्केटिङमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको हालै गठित नेप्लिज मार्केटिङ एसोसिएसनका अध्यक्षमा महेश स्वाँरले सफल आवाजलाई बताए ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



