अमेरिकाले दिएको थप साढे ६ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १० पुस । अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार उपलब्ध खोपहरू विद्यालय जाने विद्यार्थीहरूका लागि प्राथमिकतामा राखिनेछ । विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभिड-१९ बाट सुरक्षित राख्नको लागि १२/१७ उमेर समूहको यो खोपले महत्वपूर्ण भूमिका खेल्ने दूताबासले जनाएको छ ।

उपलब्ध खोप शुक्रबार बिहान टेकुमा भण्डारणका लागि लगिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।