पोखरामा थपिए १९ संक्रमित

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



पोखरा, २५ भदौ । पोखरामा बिहीबार १९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये वडा ८ कै १३ जना छन् ।

यसैगरी स्याङ्जाका १२, बागलुङका ९, नवलपुरका ५, तनहुँका ३, पर्वतका १ जना छन् । यो सहित गण्डकीमा कुल संक्रमित संख्या २ हजार ७ सय २८ पुगेको छ । तीमध्ये २२ जनाको मृत्यु भएको छ।